नेपाल सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आफ्नो काँधमा आएको जिम्मेवारी किन पूर्ण रुपले टुङ्गाउन नसकेको भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन्।
बुधबार प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै प्रश्न उठेको बताएका हुन्।
‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भइरहेको छैन, किन हाम्रो संगठनमा गतिशिलता छैन, किन हामी कुनैपनि पाएको जिम्मेवारी पूर्ण रुपले टुङ्गाउन सक्दैनौँ। यो आजको हाम्रो प्रश्न हो? हामी आफ्नो कमिकमजोरी ढाकछोप गर्ने काम मात्रै गर्छौ भने हामी कहिल्यै सुध्रिन सक्दैनाैँ। गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन,’ उनले भने।