'सुप्रिमाे'प्रति बालेनकाे आक्रोश– श्रीमान् प्रचण्डज्यू! कुन नैतिकताले भन्नुहुन्छ म देश बनाउँदै छु ?

Breaknlinks
Breaknlinks

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् नेकपा (माओवादी केन्द्र)का सुप्रिमाे पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति आक्रोश पाेखेका छन्।

उनले ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा पूर्वप्रधानमन्त्री प्रचण्ड अंगरक्षक जसरी बसिरहेको गम्भीर आरोप समेत लगाएका छन्।

हिलाम्य सडकको भिडियोसहित मेयर शाह लेख्छन्, 'श्रीमान प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।'

स्राेतकाअनुसार काठमाण्डू–ककनी सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ। प्रचण्ड उनै बद्नाम ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन्।

प्रकाशित मिति: : 2022-08-17 01:10:00

प्रतिकृया दिनुहोस्