हँसिया हथौडा चिन्ह प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) र नेपाल (समाजवादी पार्टी)ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एउटै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन्।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो।

यसपछि मंगलबार दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन्। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरुलाई एउटै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिन उनीहरुले माग गरेका छन्।

माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यायल मुख्य सचिव खगेन्द्र देवकोटाले आयोगमा गएर एउटै चिन्ह प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन्।

प्रकाशित मिति: : 2022-08-16 17:59:00

प्रतिकृया दिनुहोस्