निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ: ओली

file photo
file photo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन्।

लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए। 

'लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन' उनले भने। देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो। 

उनले देशको राजनीतिलाई सही ढङ्गबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको उद्देश्य शान्तिपूर्ण नेपाल र समृद्ध नेपाल रहेको भन्दै सामाजिक न्याय र समानतासहितको नेपाल निर्माण गर्न खोजिरहेको बताए। 

उनले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था सही ढङ्गले गर्नसके नेपाललाई सुन्दर बनाउन सकिने धारणा राखे।

प्रकाशित मिति: : 2022-08-13 20:15:00

प्रतिकृया दिनुहोस्