गठबन्धन कार्यदलको आजकाे बैठक: दलहरूले आ-आफनो सिटमा दावी प्रस्तुत गर्ने

फाइल तस्विर
फाइल तस्विर

संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज (बिहीबार) बस्दैछ।

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्ने छन।

कार्यदलको बैठकमा सबै दलले आ–आफनो सिटका बारेमा दावी पेश गर्नेछन र सो दावी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्ने छन्।

सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २–२ सदस्य रहेका छन्।

प्रकाशित मिति: : 2022-08-11 08:58:00

प्रतिकृया दिनुहोस्