संविधानको रक्षाका लागि तालमेल आवश्यकः नेता कोइराला

File photo
File photo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डां शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन्। 

सञ्चारकर्मीसँग शनिबार कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए।

उनले भने ‘सरकार पनि गठवन्धनको छ। गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।’ तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उनको दावी छ। तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न सकिदैन। ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु पर्‍यो। अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही संग सहकार्य गरेर मात्रै निर्बाचनमा आउनपर्छ।’ 

संबिधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए। 

यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए। उनले भने ‘टिकट बितरण देखि उम्मेदवारलाई बिजयी गराउने सम्मको रोडम्याप अहिले देखिनै बनाउनु पर्छ।’ देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनले बताएका थिए।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए। तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए। उनले भने ‘भातृ संस्थाहरुले पूर्णता पाउँछ। अनि निर्वाचनमा जान्छन्। भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला।’

प्रकाशित मिति: : 2022-08-06 11:57:00

प्रतिकृया दिनुहोस्