नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सरकारमा रहेका पाँच दलहरू खिचडी पकाउने भाँडो जस्तै भएको बताएका छन। बिहीबार काठमाडाैँस्थित रिपाेटर्स क्लाबमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै नेता रायमाझीले यस्ताे बताएका हुन्।
‘पाँच दलीय गठबन्धन याे देशकाे विकास र समृद्धिभन्दा पनि सत्ताकाे लागि गरिएकाे हाे। यही गठबन्धनका कारण देशमा राजनैतिक, आर्थिक र सामाजिक संकट उत्पन्न भएकाे छ,’ नेता रायमाझीले भने।
सरकारमा भएका नेताहरु विचारभन्दा पनि राजनैतिक आन्दोनलाई धरापमा राख्न यस्तो गरेको र आगामी निर्वाचनमा एमाले एक्लै चुनावमा जाने दाबी उनले गरे। गठबन्धनको एउटा उद्देश्य र एजेण्डा भनेको एमाले हराउनुबाहेक अरु नरहेकोले देशमा एमालेको आवश्यकता रहेको उनको भनाइ थियाे।
निर्वाचन जित्नेमा कुनै शंका नभएकाे उनले दाबी गरे।
भिडियाे :