नेपाली सेनालाई गृहमन्त्रीको निर्देशनः सप्तकोशी कटान पीडितलाई उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा राख्नुहाेस्

File photo
File photo

गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।

नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोशीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार गर्नका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।

त्यसैगरी सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताएको छ।

सप्तकोशीको कटानका कारण उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ डुबानमा परेकाे छ।

दुई हजार चार सय घर परिवार विस्तापित हुने भएकाले उनीहरूलाई अन्तै स्थानान्तरण गर्ने तयारी समेत भइरहेकाे छ। 
 

प्रकाशित मिति: : 2022-08-03 10:28:00

प्रतिकृया दिनुहोस्