मेरो घरमा बम पड्काइयो, सुरक्षाका लागि पीएसओ चाहियो : सांसद गुरुङ

File Photo
File Photo

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्था गर्न माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन्।

‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उनले भनिन्, ‘घरका सबै आतंकित भए। झ्याल खोलेर हेरेँ। दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ। तर, अँध्यारो भएकाले चिन्न सकिनँ।’

घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताइन्।

आफू सांसद र पूर्वराज्य मन्त्री रहेको भन्दै उनले आफू र आफ्नो परिवारको सुरक्षार्थ राज्यमन्त्रीले पाउने अनिवार्य पीएसओ उपलब्ध गराउन माग गरिन्।

प्रकाशित मिति: : 2022-08-02 13:59:00

प्रतिकृया दिनुहोस्