वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन निष्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन्।

‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन, बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन्।

गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वाश छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठनतर्फ अघि बढ्नुपर्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-08-02 13:47:00

प्रतिकृया दिनुहोस्