नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आफ्नाे पार्टीकाे सम्पर्क समन्वय समितिको कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन्।
‘एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजेका छन। यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धाहरु पनि चाहिन्छ। सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्छ।’
नेतालाई गाली गरेर समाज भत्काउने संस्कारलाई तर्कसंगत प्रतिवद गर्नुपर्ने प्रचण्डले बताए।