एमाले महासचिव पोख्रेल दाङ आउँदै

File photo
File photo

नेकपा एमाले दाङको आयोजनामा हुन गईरहेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउने भएका छन्।

नेकपा एमालेले आयोजना गर्न लागेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा साउन १७ र १८ गते महासचिव पोख्रेल दाङमा रहने छन्। पोख्रेलकाे उपस्थितिमा १७ र १८ गते घोराही एवं तुलसीपुरमा कार्यक्रम हुनेछ। 

उक्त अबसरमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण तथा एमाले प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। एमाले दाङले सो कार्यक्रमलाई भव्य बनाउन विभिन्न कार्यहरु गरिरहेको छ। कार्यक्रममा सहभागिता जनाउन नेकपा एमाले दाङले सबैमा अनुरोध गरेको छ। 

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले बिज्ञप्ति जारी गर्दै पार्टी महासचिव पोख्रेलसहित केन्द्रीय नेताहरु सहभागि हुने कार्यक्रममा सबैको उपस्थितिका लागि अनुरोध गरेका हुन्। 


  

प्रकाशित मिति: : 2022-07-29 17:51:00

प्रतिकृया दिनुहोस्