एसईईको नतिजा आज, त्यसअघि बोर्डको बैठक

फाइल तस्विर
फाइल तस्विर

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधबार) सार्वजनिक हुने भएको छ। त्यसअघि आजै दिउँसो २ बजे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बैठक डाकिएको छ।

परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने उल्लेख गरे।

बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो। ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ। नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-27 08:42:00

प्रतिकृया दिनुहोस्