राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा केही बेरअघि शीतल निवास पुगेका हुन्।
उनी साँझ साढे ७ बजे शीतल निवास पुगेर बालुवाटारस्थित सरकारी निवास फर्किएका छन्।
प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटवार्ता नियमित भएको बताएको छ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र प्रतिनिधिसभाबाट पारित भएकाे विवादित नागरिकता विधेयकका विषयमा छलफल गरिएकाे बालुवाटार स्राेतले जनाएकाे छ।