पुष्पलालबाट दिक्षित भएर नेकपा एस निर्माण गरेका हौं : माधव नेपाल

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट दीक्षित भएर नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको पनि बताएका छन्।

नेकपा एमालेबाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेकोसमेत अध्यक्ष नेपालको भनाई छ।

‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेबाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं। नयाँ निर्माण भएको पार्टीको नेपाल कम्युनिष्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ’, नेपालले भने।

नयाँ पार्टी निर्माणपछि नेतृत्वको काँधमा अनेक चुनौतीहरु भए पनि आत्तिनुपर्ने अवस्था नभएको भन्दै उनले संगठन निर्माणलाई बलियो बनाउनुपर्ने जनाएका छन्।

प्रकाशित मिति: : 2022-07-23 13:03:00

प्रतिकृया दिनुहोस्