प्रेस युनियनकाे महाधिवेशनमा लफडा, उम्मेदवारी शुल्क घटाउनुपर्ने भन्दै उम्मेदवारहरू आन्दाेलित

नेपाल प्रेस युनियनकाे नवाैँ महाधिवेसनमा उम्मेदवारी शुल्क बढी भएकाे भन्दै उम्मेदवारहरू आन्दाेलनमा उत्रिएका  छन्।

आज (शुक्रबार)देखि हेटाैडामा सुरू भएकाे महाधिवेशनमा उम्मेदवारकाे शुल्क बढी भएकाे भन्दै अध्यक्ष पदका उम्मेदवार शिव लम्साल नेतृत्वकाे समूहले विराेध जनाएकाे हाे।

महाधिवेशनमा पदाधिकारीकाे लागि ३० हजार रूपैयाँ र सदस्यकाे लागि लागि १५ हजार रूपैयाँ उम्मेदवारी शुल्क ताेकिएकाे छ। उक्त शुल्क बढी  भएकाे भन्दै लम्लास नेतृत्वकाे समूहले विराेध जनाएकाे हाे।

युनियन व्यापारीहरूकाे संस्था नभएर श्रमजीवीहरूकाे संस्था भएकाेले उम्मेदवारी शुल्क घटाउनुपर्ने उनीहरूकाे माग रहेकाे छ।

आजदेखि सुरू भएकाे महाधिवेशनकाे उद्घाटन नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।

प्रकाशित मिति: : 2022-07-22 14:03:00

प्रतिकृया दिनुहोस्