अर्थमन्त्री प्रकरण : छानबिन समितिको समय थप्न माग

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले समय थप्न माग गरेको छ।

आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत जेठ १४ गतको मध्यराति  अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको थियाे।

प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखि गणना हुनेगरी १० दिनको समय दिएको थियाे।

समितिको १० दिनको समयसीमा बिहीबार सकिँदैछ। समितिले बिहीबार शर्मासँग छलफलसमेत गरेकाे छ।

छानबिनका काम बाँकी नै रहेकाले आवश्यक समय थपका लागि समितिले आग्रह गरेकाे हाे।

समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2022-07-21 12:59:00

प्रतिकृया दिनुहोस्