समयक्रममा अहिलेको गठबन्धन आफैं टुट्छ : ओली

File Photo
File Photo

एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन्।

उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे।

‘सबैले भन्छन्, यो गठबन्धन तोडौं। तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ। किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो। यो समयक्रममा आफैं टुट्छ,’ उनले भने।

ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए। ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने।

ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए। केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए।

उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए। उनले पार्टीमा गुटबन्दी अब सैह्य नहुने पनि चेतावनी दिए। गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए।

प्रकाशित मिति: : 2022-07-20 13:30:00

प्रतिकृया दिनुहोस्