कांग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ।

नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवैजनालाई आज सो जिम्मेवारी दिएका हुन्। 

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् ।  सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो। रिक्त पदमा  संसदीय दलका नेताले देउवामा बुधवार नयाँ नियुक्ति गरेका हुन्।

प्रकाशित मिति: : 2022-07-20 12:26:00

प्रतिकृया दिनुहोस्