संघीयता खारेजी केटाकेटीले खेले जस्तो हाेइन : पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता खारेजी केटाकेटीले खेले जस्तो नभएको बताएका छन्।

मंगलबार विराटनगरमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीयता कसैले भन्दैमा खुसुक्क हटाएर केटाकेटीले खेल खेलेजस्तो नहुने बताएका हुन्।

उनले धरातलीय यथार्थमा रहेर संविधानका विषयमा सर्वपाक्षीय छलफल गर्न बताए। 

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा श्रेष्ठता हासिल गर्ने विषयमा एमाले पार्टी अघि बढिरहेको समेत उनको दाबी छ।

पोखरेलेले आगामी निर्वाचनमा नेकपा (एमाले) एक्लै निर्वाचनमा जान तयार रहेको दृढता व्यक्त्त गर्दै निर्वाचनमा स्थानीय आवश्यकता अनुसार तालमेल पनि हुन सक्ने बताए।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले सरकार देश बनाउने, राष्ट्रिय स्वभिमान, अखण्डता र स्वतन्त्रताको विषयमा कमजोर देखिएको धारणा राख्दै प्रदेश नं १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको बताए।

उनले प्रदेशको नामकरणका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुने किसिमको हुनु पर्ने कुरामा जोड दिएका थिए। 

प्रकाशित मिति: : 2022-07-19 10:52:00

प्रतिकृया दिनुहोस्