बुधबारसम्म संसद् बैठक स्थगित

File photo
File photo

प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ। प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो। 

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन्। भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे। यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ।’ 
 

प्रकाशित मिति: : 2022-07-15 17:12:00

प्रतिकृया दिनुहोस्