एमालेकी हिमा बस्नेत प्रदेश सांसदमा मनोनित

file photo
file photo

धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित भएकी छन्।

एमाले संसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो। 

सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजिनामा दिएपछि समानुपातिक तर्फ एउटा सिट खालि भएको थियो।

नेकपा एमालेको समानुपातिकबाट प्रदेश सभा सदस्य भएकी खातुनले २०७९ असार १५ गते देखि लागु हुनेगरी पदबाट राजीनामा दिएकी थिइन्।

अल्पसंख्यक कोटाबाट बन्द सूचीमा अन्य महिला कोही पनि नभएको कारण खस आर्य कोटाबाट बस्नेत सांसद बनेकी हुन्। 

नेकपा एमालेको प्रदेश १ समिति सदस्यसमेत रहेकी बस्नेतलाई निर्वाचन आयोगले आज पत्र दिएको एमाले नेता हिक्मतकुमार कार्कीले जानकारी दिए।

बस्नेतलाई भोलीको प्रदेश सभामा सपथ ग्रहण गराउने प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-07-04 20:36:00

प्रतिकृया दिनुहोस्