जसपाले प्रधानमन्त्रीलाई बुझायो नयाँ मन्त्रीको लिष्ट (सूचीसहित)

आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस भएका हुन्।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए।

उनकाअनुसार सम्भवत: आजै सपथ हुनेछ।

प्रकाशित मिति: : 2022-07-04 09:06:00

प्रतिकृया दिनुहोस्