मन्त्रीकाे कुर्सी छाेड्दा राेएकी झाँक्रीले छाेडिनन् सरकारी निवास, मन्त्री चाैधरी पर्खेकाे पर्खै

फाइल तस्विर
फाइल तस्विर

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पुल्चोककाे हरिहर भवनस्थित सरकारी क्वाटर छाड्न ढिलाइ गरेकी छिन्। पदबाट राजीनामा दिएकाे एकहप्ता बितिसक्दा पनि झाँक्रीले क्वाटर नछाेड्दा नवनियुक्त मन्त्री मेटमणि चौधरी सरकारी निवासमा सर्न पाएका छैनन्।

यही असार १२ गते मन्त्री पदबाट राजीनामा दिँदा राेएकी झाँक्रीले अहिलेसम्म सरकारी निवास नछाेडेका भन्दै आलाेचना भएकाे छ।

अन्य मन्त्रीहरूले एक–दुई दिनमै क्वार्टर खाली गरिदिएका थिए। तर, शंखमूलमै घर भएकी झाँक्रीले ढिलो गर्दा अहिलेसम्म नयाँ मन्त्रीका लागि क्वार्टर व्यवस्थापन हुन नसकेको हो।

झाँक्रीको सचिवालयले आफ्ना सामानहरू शुक्रबार नै सरिसकिएको जनाए पनि क्वाटर अहिलेसम्म पूर्ण खाली नभएकाे हरिहर भवन स्रोतले जनाएकाे छ।

यता नवनियुक्त मन्त्री चौधरीका स्वकीय सचिवले पनि क्वाटर खाली नभएकाले सर्न नसकिएको बताएकाे छ। झाँक्रीले क्वार्टर खाली गर्न ढिला गरेकोप्रति मन्त्री चौधरीले गुनासो गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-07-03 11:30:00

प्रतिकृया दिनुहोस्