नयाँ मन्त्रीहरूको सपथ नगराए हाम्रो अपमान हुनेछ: प्रवक्ता खतिवडा

file photo
file photo

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो गराउनुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले नयाँ मन्त्रीहरूलाई कार्यान्वयन नगरे अपमान हुने बताए। 

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठारो पारेको भन्दै उनले भने, 'अब पनि मन्त्रीलाई शपथ दिलाउने काममा ढिला भयो भने हाम्रो अपमान हुनेछ, हामीलाई हेपिएको ठान्नेछौँ। हाम्रो निर्णयअनुसार मन्त्री तत्काल फेरिनुपर्छ। प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हामीलाई अफ्ठ्यारो पार्ने काम भएको छ। यसमा अब धेरै ढिलाइ भयो भने हामी विकल्प सोच्न बाध्य हुनेछौँ।'
 

प्रकाशित मिति: : 2022-06-25 19:38:00

प्रतिकृया दिनुहोस्