एमाले प्रदेश १ संसदीय दलको उपनेतामा अधिकारी र सचेतकमा कार्की

नेकपा एमालेले प्रदेश १ संसदीय दलको उपनेता र सचेतकको जिम्मेवारी तोकेको छ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी विभाजनपछि मंगलबार संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको हो।

एमालेले दलको उपनेतामा सांसद यसोदा अधिकारी र सचेतकमा बिमल कार्कीलाई जिम्मेवारी दिएको छ।

अधिकारी मोरङ जिल्लाको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन्। सचेतकको जिम्मेवारी पाएका कार्की उदयपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र 'क' बाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: : 2022-06-21 20:04:00

प्रतिकृया दिनुहोस्