भातृ संगठनलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सभापति पुनको आग्रह 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल पार्टीका भातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा सभापति पुनले भातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कर्याकर्ताहरूले स्थान नपाएको बताउँदै छिटोभन्दा छिटो भातृ तथा शुभेच्छुक संस्थाहरूको पूर्णता दिन अनुरोध गरेका हुन्।

सभापति पुनले जिल्ला र प्रदेश तहका भातृ संगठनको समिति निर्माण एवम् अधिवेशन गर्न त्यहीको पार्टी समितिलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन्।

सभापति पुनको जवाफमा प्रधानमन्त्री देउवाले संगठनको कार्यसमितिलाई पूर्णता दिन सम्बन्धित संगठनका अध्यक्षहरूलाई निर्देशन दिएको बताउँदै अब छिट्टै संगठनले पूर्णता पाउने आश्वासन दिएका छन्।

उनीहरूबीच स्थानीय निर्वाचनको समिक्षा तथा आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको बारेमा पनि छलफल भएको सभापति पुनको सचिवालयले जनाएको छ।

भेटमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सहमहामन्त्री खगराज पाण्डे, प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेलगायतका नेताहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-06-21 17:13:00

प्रतिकृया दिनुहोस्