संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थाल्योः सञ्जय गौतम

File photo
File photo

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गरेका छन्। उनले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताए।

सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गरे। सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उनको भनाइ छ।

खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उनले बताए। इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उल्लेख गरे। बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिए।

प्रकाशित मिति: : 2022-06-21 14:46:00

प्रतिकृया दिनुहोस्