'झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ'

पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजीतिको मैदानमा उत्रिएको बताएका छन्।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए। उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताएका छन्। 

‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ। यहाँ रहेका विकृति विसंगति बदल्ने प्रयास गर्नेछु,’ उनले भने, ‘आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको छु,’ ‘मलाई झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ।'

उनले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गरे। लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताए। आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरु केही पनि नरहने उल्लेख गरे। उनले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरे। लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताएका छन्।

प्रकाशित मिति: : 2022-06-21 13:50:00

प्रतिकृया दिनुहोस्