केपी ओलीकाे प्रश्नः दश वर्षे माओवादी युद्ध के–का लागि थियो?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध के–का लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताएका छन्।

‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि? कसका विरुद्ध? के प्राप्तिका लागि भन्ने अझै टुंगोमा पुगेको छैन,’ ओलीले भने, ‘गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई नटुंगियो। २०६३ सालमा त गणतन्त्र त आएको थिएन। गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन। केका लागि थियो?’

पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भए पनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताएका छन्।

प्रकाशित मिति: : 2022-06-21 12:22:00

प्रतिकृया दिनुहोस्