राष्ट्र ऋण उठाउने विधेयक पारित

File photo
File photo

संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो। यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो।

छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

प्रकाशित मिति: : 2022-06-20 17:51:00

प्रतिकृया दिनुहोस्