नकर्मीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

File photo
File photo

नेकमा एमालेले नेपाली कम्युनिस्ट आन्दोलनकी साहसिक योद्धा कमरेड नानीमैया नकर्मीको निधनप्रति दुःख व्यक्त गरेको छ। नकर्मीको आज ९५ वर्षको उमेरमा निधन भएको हो। 

एमालेले आज एक विज्ञप्ति जारी गर्दै १९८४ मंसिरमा काठमाडौँमा जन्मेकी नकर्मीले विगतका कठोर दिनहरूमा पार्टीलाई जनस्तरमा स्थापित गर्न पुर्याएको योगदानको स्मरण गरेको छ।

‘आफू सानै छदा अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई राणा सरकारले फासी दिएको घटनाबाट उद्वेलित भई राजनीतिमा सक्रिय हुनुभएकी नकर्मीले मनमोहन अधिकारी, तुल्सीलाल अमात्यलगायतका नेताहरूको सम्पर्कमा रही आन्दोलनमा सक्रियता जनाउनुभएको थियो,’ एमालेले विज्ञप्तिमा भनेको छ। 

राजनीतिक यात्राकाे क्रममा उनले एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य र पछि सल्लाहकार भएर काम गरेकी थिइन्। 

नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा २०७९ वैशाख ९ गते एमालेले नकर्मीको योगदानको उच्च कदर गर्दै ‘कम्युनिस्ट योद्धा’ का रुपमा सम्मान गरेको थियो।

‘मुलुकको परिवर्तन र रुपान्तरणमा योगदान गर्नुभएकी सक्रिय र साहसी योद्धा नानीमैया नकर्मीप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,’ एमालेले भनेको छ। 

प्रकाशित मिति: : 2022-06-20 15:53:00

प्रतिकृया दिनुहोस्