उत्पीडित जातीय मुक्ति समाजको जिम्मेवारी हेरफेरमा व्यापक लापरबाही, असन्तुष्ट हुनेहरूको संख्या बढ्दो

Breaknlinks
Breaknlinks

नेकपा (एमाले)को भातृसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको यही असार ४–५ गते काठमाडाैँ सम्पन्न दोश्रो केन्द्रीय कमिटीको बैठकमा संगठनको नेतृत्वमा भएको मनोनयन तथा कार्य विभाजनप्रति व्यापक विवाद उत्पन्न भएकाे छ।

संगठनका इन्चार्ज तथा पार्टीका पोलिटव्यूरो सदस्य जीतु गौतम र अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले संगठनलाई दलित समुदायका मुद्धामा केन्द्रीत हुने गरी बैठकमा कुनै प्रस्तावमा छलफल नै नगरिएकाे आराेप छ।

उनीहरूले पार्टी संगठन संचालनको विधि, नीति र पद्धतिको उपहास गर्दै केन्द्रीय सदस्यमा बाँकी रहेको १० प्रतिशत मनोनित, जिल्ला इन्चार्ज/सह–इन्चार्ज, प्रदेश इन्चार्ज सह–ईन्चार्ज, सचिवालय तथा स्थायी कमिटीमा आफ्ना पकेटका मान्छे, आर्थिक रूपले सहयोग गर्ने नेताहरू तथा इन्चाजको नजिक भएकालाई मात्रै मनाेनयन गरेका उनेकाे आराेप छ।

संगठनलाई इन्चार्ज जीतु गौतम तथा अनुशासन आयोगमा अध्यक्ष पार्टी केन्द्रीय सदस्य गोविन्द नेपालीले कुनै निजी कम्पनीजस्तो गरी संचालन गर्न खोजेको असन्तुष्ट पक्षकाे भनाइ रहेकाे छ।

असफल नेतृत्व नै पुन: हावी भएर अघिल्लो कार्यकाल जस्तै बनाउने प्रयत्न भएकोले हचुवाको भरमा भए गरेका कुनै पनि निर्णय हामीले मान्न नसक्ने समेत उनीहरूले बताए।

पार्टी नेतृत्वलाई गलत रिर्पोट गरेर आफू सुरक्षित हुन यो खालको प्रवृत्ति कुनै हालतमा संगठनको हितमा नहुने भन्दै ६० प्रतिशत जति केन्द्रीय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। भने, केही सदस्यहरूले कुनै पनि जिम्मेवारीमा नरहने गरी राजीनामा समेत पेश गरेका छन्।

राजीनामा पेश गर्ने केन्द्रीय नेताहरू:

१) राजेश नेपाली (पर्वत) २) विजयराज मयाँल (कैलाली) ३) रामलाल राजवंशी, (गुल्मी) ४) दीपा नेपाली, (कञ्चनपुर)  ५) विष्णु वि.क., (बजुरा) ६) प्रेम विश्वकर्मा कास्की

बैठकबाट प्रदान गरिएको जिम्मेवारीप्रति असन्तुष्टि राख्ने केन्द्रीय नेताहरू :

१) छविलाल विश्वकर्मा, झापा २) खड्ग परियार, उदयपुर ३) बलबहादुर परियार, ओखलढुङ्गा ४) रमेश परियार, खोटाङ्ग ५) नारायण परियार, सुनसरी ६) युवराज दर्नाल, धनकुटा ७) अर्जुनकुमार सुनाम, स्याङ्गजा ८) अस्मीता परियार, कास्की ९) राजेश सुनाम, नवलपुर १०) बेगम वि.क, प्यूठान ११) राजेन्द्र गौतम, प्यूठान १२) हरि नेपाली, अर्घाखाँची १३) रूद्र विश्वकर्मा अर्घाखाँची १४) सुनिता अधिकारी, चितवन १५) दनसिंह परियार, मुगु १६) कृष्ण नेपाली, गोरखा १७) चक्र स्नेही, डडेलधुरा १८) रामहरी शाही समुन्द्री पाल्पा १९) दिनेश अछामी, ललितपुर २०) चन्द्र धिमालकोटी, सिन्धुपाल्चोक २१) राम सुनार, सिन्धुपाल्चोक २२) दिलबहादुर रम्तेल, धादिङ्ग २३) सानुवावु बिसुन्खे, काठमाडाैँ, २४) संगम गहतराज, काठमाडाैँ २५) शान्ति सुनार, बाँके २६) सुरेन्द्र श्री, रूपन्देही २७) श्यामलाल विश्वकर्मा, चितवन २९) कल्पना सुनार, नवलपरासी ३०) रवि सेन्चुरी, रूपन्देही अनुशासन आयोग सदस्य ३१) जुना नेपाली, पर्वत ३२) नारायणबहादुर रिजाल, मकवानपुर ३३) सम्झना परियार, काभ्रे ३४) शिवलाल नेपाली, पर्वत ३५) विवश बुढाथोकी, लम्जुङ्ग ३६) खड्ग पुर्कुटी, काभ्रे ३७) कृष्ण विके, नवलपुर ३८) गोपाल ल्वागुन, झापा ३९) हंसबहादुर नेपाली, कैलाली ४०) गणेश वि.सि. ४१) तेजबहादुर विश्वकर्मा, कञ्चनपुर ४२) कृष्ण सुनार, कञ्चनपुर साथै केन्द्रीय सल्लाहकारमा मनोनित भएकी झापाकी अञ्जु बर्देवाले उक्त जिम्मेवारीमा नरहने घोषणा गरेकी छन्।

प्रकाशित मिति: : 2022-06-21 07:02:00

प्रतिकृया दिनुहोस्

    संगठनको नाममा भएको व्यापक अनियमितता ढाकछोप गर्न र नेताहरुको हस्तक्षेपले एमालेका २२ वटै जनबर्गिय संगठनको अवस्था धुजा धुजा भएको बेला राष्ट्रिय अन्तर्राष्ट्रिय चुनौति र संघ र प्रदेश्को चुनाव अघि अवसरवादि हरुको हालि मुहालि हुनु भनेको एमाले लाई सखाप पार्न खोज्नु हो पार्टी पंक्तिको यथासिघ्र यसमा ध्यान पुगोस।

    • 2 बर्ष अगाडि
    • vijayraj singh mayal