काठमाडौं महानगरपालिकाबाट प्रवाह हुने सेवा अब घरबाट लिन मिल्ने भएको छ।
महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले महानगरबाट प्रवाह हुने सेवालाई सरकारको ‘होम डेलिभरी सरकार’ अवधारणा अनुरुप अगाडि बढाउने बताएका छन्।
‘महानगरपालिकाबाट प्रवाह हुने सेवालाई क्रमशः ‘होम डेलिभरी सरकार’काे अवधारणा अनुरुप विस्तार गरिदैँ लगिनेछ,’ उनले भने।
यो व्यवस्था लागू भएसँगै महानगरपालिकामा नै गएर सेवाग्राहीले काम गर्नुपर्ने बाध्यता हट्नेछ।