रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी, काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्दै

File Photo
File Photo

चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनको जागिर छाडेका छन्। उनले बिहीबार टेलिभिजनबाट औपचारिक रूपमा विदा लिएका हुन्।

कार्यक्रम सीधाकुराको प्रस्तोता समेत रहेका लामिछानेले अबको यात्रा राजनीतिमा राेज्ने बताइएकाे छ। उनले प्रतिनिधिसभाको चुनाव लड्ने तयारी थालेका छन्। यद्यपी उनले स्वतन्त्र चुनाव लड्ने वा कुनै दलमा आवद्ध भएर लड्ने भन्ने विषयमा निर्णय लिइसकेका छैनन्।

लामिछानेले काठमाडाैँको क्षेत्र–३ बाट चुनाव लड्ने सहयोगीहरू बताउँछन्। उनका धेरै सहयोगी राप्रपाको अभियानमा प्रवेश गरेका कारण उनी पनि राप्रपाबाट चुनाव लड्ने सम्भावना पनि उत्तिकै छ।

उनको कार्यक्रम भने सोही कार्यक्रममा रिपोर्टर युवराज कडेँलले चालाउने भएका छन्।

प्रकाशित मिति: : 2022-06-16 13:45:00

प्रतिकृया दिनुहोस्