कांग्रेसलाई एसपिपी स्वीकार्य छैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन्।

महामन्त्री शर्माले बुधबार ट्वीटमार्फत नेपाली कांग्रेस र कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार्य नहुने बताएका हुन्।

शर्माले अमेरिकालाई धन्यवाद दिएर स्टेट पार्टनरशीप प्रोग्राम स्वीकार गर्न नसकिने बताउनुपर्ने उल्लेख गरेका छन्।

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ– नो थ्याङस् एसपीपी, हामीलाई स्वीकार्य छैन। कांग्रेसको धारणा यही बन्नेछ। र, कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ,’ शर्माले भनेका छन्।

‘हामी साझा ढङ्गले प्रष्ट छौं, समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ महामन्त्री शर्माको प्रष्टोक्ति छ।

प्रकाशित मिति: : 2022-06-15 21:53:00

प्रतिकृया दिनुहोस्