विप्लव नेतृत्वको नेकपाले क्रान्ति गर्न नसक्ने भन्दै जिल्ला सदस्यसहित ६ जनाले छाडे पार्टी 

file photo
file photo

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति गर्न नसक्ने भन्दै दाङ जिल्ला सदस्यसहित ६ जनाले पार्टी परित्यागको घोषणा गरेका छन्।

जिल्ला सदस्य शेरबहादुर परियार, अतुल कवरलगायत पार्टीको अन्य संगठनमा आवद्ध गरी ६ जनाले पार्टी छाडेका हुन्।

 बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले नेकपा पार्टी संसदीय राजनीतिमा प्रवेश गरेको अरोपसमेत लगाएको छन्। 

विज्ञप्तिमा नेकपा पार्टी व्यक्तिवादमा फसेको, इमान्दार तथा क्रन्तिकारी नेता कार्यक्रताहरुलाई अनाहकमा कार्वाही गर्न लागेकाले पार्टी छाडेको घोषणा गरिएको छ।

प्रकाशित मिति: : 2022-06-15 19:18:00

प्रतिकृया दिनुहोस्