जिसस मोरङमा एमालेको प्यानल नै विजयी

जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

मंगलबार भएको निर्वाचनमा मोरङको जिसस प्रमुखमा एमालेका अजम्बर राई २१ मतका साथ विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतेन्द्र अग्रवालले १३ मत प्राप्त गरे।

त्यस्तै उपप्रमुखमा एमालेकै उषा झा विजयी भएकी छिन्। उनले २१ मत प्राप्त गरिन्। उपप्रमुखमा नेपाली कांग्रेसकि निलम कुमारी सरदारले १३ मत ल्याइन्।

त्यस्तै सदस्यहरुमा एमालेका तुलसीप्रसाद घिमिरे २२, देवमणी कटुवाल २१ र मित्रप्रसाद ढकाल २२ मतका साथ निर्वाचित भएका छन्।

महिला सदस्यहरुमा उमा नेपालीले २३ मत, उर्वशी थारु २१ र हरिमाया विश्वकर्मा २१ मतका साथ विजयी भएको छन्।

प्रकाशित मिति: : 2022-06-14 14:16:00

प्रतिकृया दिनुहोस्