राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

file photo
file photo

राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ।

सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेकाे उल्लेख छ।

प्रकाशित मिति: : 2022-06-14 13:38:00

प्रतिकृया दिनुहोस्