भारतमा माेदी आतंक: मुस्लिमलाई निशाना बनाउँदै सरकार

Anadolu Agency/Getty Images

भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै भारतीय प्रधानमन्त्री तथा कट्टर हिन्दूवादी नेता नरेन्द्र माेदी नेतृत्वकाे सरकारले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेकाे छ। 

सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन्। आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। 

भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन्। विवादित बयानपछि उत्तरप्रदेश, झारखण्ड र पश्चिम–बङ्गालमा हिंसा भड्किएको छ।

उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए। उत्तर प्रदेशका घर मालिकहरूलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो।

हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ। उनकी छोरी अफरीन फातिमा एक प्रख्यात मुस्लिम अधिकारकर्मी हुन्।

हिन्दू–मुस्लिम समर्थकहरू सडकमा उत्रिएका छन्। यूपीको प्रयागराज, मुरादाबाद, सहारनपुर, फिरोजाबाद, अम्बेडकर नगर, हाथरस, अलिगढ, जालौनमा मानिसहरूले हंगामा मच्चाएका छन्।

कानपुरमा अघिल्लो हप्तादेखि घातक हिंसा मच्चिएको छ। रक्तपातले यूपीभर आतंक फैलिएको छ। 

प्रकाशित मिति: : 2022-06-13 07:38:00

प्रतिकृया दिनुहोस्