त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन्।
बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको क्यूआर ६५२ उडानबाट काठमाडौं आएका धनुषा घर भएका एकजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
विमानस्थलस्थित भन्सार कार्यालयमा चेक गर्ने क्रममा ती व्यक्तिले लगाएकाे भित्री वस्त्र (अण्डरवेयर) भित्र लुकाएर राखिएको अवस्थामा ४६६.५ ग्राम सुन फेला परेकाे हाे। त्यस्तै उनकाे साथबाट प्रहरीले ५० ग्रामकाे सुनकाे सिक्री पनि नियन्त्रणमा ल्याएकाे छ।