काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने विषयमा कुरा नमिल्दा नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।
बुधबार काठमाडौंबाट फाेहाेर फाल्न बञ्चरेडाँडामा पुगेकाे गाडीलाई स्थानीयले अवराेध गरेपछि प्रहरीले बल प्रयोग गरेको हाे।
काठमाडौंकाे फोहोर फाल्न बञ्चरेडाँडामा सयाैँ प्रहरी परिचालन गरिएकाे छ। स्थानीयले अवरोध गरेपछि तनावग्रस्त भएकाे प्रहरीले जनाएकाे छ।
स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेकाे छ। स्थिति सामान्य बनाउन प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेकाे छ।