देउवा पत्नी आरजु आज दिल्ली जाँदै

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा आज भारत जाने भएकी छन्।

उनी दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताका लागि नयाँदिल्ली जान लागेकी हुन्।

भारत बसाइका क्रममा नेत्री आरजुले स्वास्थ्य उपचारसँगै सत्ताधारी नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको आरजुनिकट स्रोतले जनाएको छ।

गत पुस महिनातिर उनी भाइको उपचारका लागि नयाँदिल्ली पुगेकी थिइन्। नेत्री आरजुले भारतमा रहँदा पनि सत्ताधारी दल भारतीय जनता पार्टी (बीजेपी)का शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

अघिल्लो वर्ष सरकारीनिवास बालुवाटारमा बोलाएर उनले बीपेपीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई राखी बाँधिदिएकी थिइन्। त्यसलगत्तै उनी झन्–झन् भारतीय नेताहरूसँग निकट रहेको बताइन्छ।

नेत्री आरजुको प्रयासमा प्रधानमन्त्री देउवा बीजेपी शीर्ष नेता र कतिपय मन्त्रीसँग नजिकिएको राजनीतिक वृत्तमा चर्चा छ।

प्रकाशित मिति: : 2022-06-07 10:43:00

प्रतिकृया दिनुहोस्