एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलाउने

file photo
file photo

नेकपा (एकीकृत समाजवादी)ले आफ्ना सबै मन्त्री फिर्ता बोलाएकाे छ। आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हाे। 

एकीकृत समाजवादीले उनीहरूको स्थानमा नयाँ मन्त्री पठाउने तयारी गरेकाे छ।

६ महिनाका लागि भनेर पठाएका उनीहरूलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने भन्दै पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिएका छन्।

अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ सहभागी छन्

प्रकाशित मिति: : 2022-06-05 16:00:00

प्रतिकृया दिनुहोस्