प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

File Photo
File Photo

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज भेटवार्ता गरेका छन्।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको जनाइएको छ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो।

प्रकाशित मिति: : 2022-06-04 16:08:00

प्रतिकृया दिनुहोस्