प्रदेश १ का सासंद : घुम्दै, नाच्दै, रमाउँदै मस्तीमा

प्रदेश १ मा बजेट निर्माणको चटारो भएपनि यति बेला सासंदहरु घुमफिरमा निस्किएका छ्न्। प्रदेश सभामाका सातवटा समिति मध्ये चारवटा समितिका पदाधिकारी र सदस्यहरु घुम्न निस्किएका हुन्।

ससंद सचिवालयले दिएको जानकारीअनुसार समिति मध्ये विधायन समिति र सार्वजनिक लेखा समितिका सदस्यहरु गण्डकी र बागमती गएका छ्न्। पर्यटन वन वातावरण समिति ताप्लेजुङ र अर्थ समिति संखुवासभातिर गएका छ्न्।

ससंद सचिवालयकाअनुसार समितिका सभापति र सदस्यहरु अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत गएका हुन्। तर, अहिले सामाजिक सञ्जालमा उनीहरु कति ठाउँ घुम्दै रमाउदै गरेको फोटो पोस्ट गरिरहेका छन्। सांसद कुसल लिम्बुले त लाइभ नै हाली रहेका छ्न्।

भ्रमण टोलिमा रहेका एक सासंद्ले टेलीफोन संवादमा भने,‘असारमा बजेट त सक्नुपर्यो नि त्यही भएर पशुपतिको यात्रा सिद्राको ब्यापार गरिरहेको छौ।’

कतिपय सांसद अहिले पाथिभरा र मुस्ताङको फोटो पोस्ट गरिरहेका छ्न्। प्रदेश एक सभामा सात वटा समिति छ्न्। ती समितिलाई सात लाख बजेट दिएको छ। अरु समितिहरु केही समयअघि नै घुमेर आएकोले अहिले अरु समिति अनुभव आदानप्रदानको नाममा गएका हुन्। बजेट सक्नु पर्ने बध्यता भएकाले माननीयहरु अहिले हिड्नु भएको प्रदेश सभाका एक कर्मचारीले बताए।

पब्लिक फोरमका अध्यक्ष उतम दुङेलले भने,‘बजेट बनाउने बेलामा शीर्षक मिलाएर घुम्ने, नाच्ने, रमाइलो गर्ने र मस्ती गर्ने यो समय नभएको बताए।’ यसले प्रदेशको विकासमा नै बाधा पुग्ने र जनताले प्रदेश कै बारेमा प्रश्न उठाउने उहनले बताए। उनले भने असारको बेला बजेट सक्नुपर्छ भन्ने नीति उनीहरुमा देखिन्छ।

प्रदेश सरकारको प्रवक्ता समेत रहेका यातायात तथा सन्चार मन्त्री उपेन्द्र घिमिरेले पहिला नै बजेट छुट्याएर राखेकाले सांसदहरु घुम्न गएकाे जानकारी दिए। तर, यो उपयुक्त समय भने नभएको उनले बताए।

प्रदेश एक सरकारले यही असार २५ गते नीति तथा कार्यक्रम र मसान्तमा बजेट ल्याउने तयारी गरेको छ।

प्रकाशित मिति: : 2022-06-04 11:03:00

प्रतिकृया दिनुहोस्