काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन्।
बालेनले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग भेटे गरेका हुन्।
भेटमा प्रधानमन्त्री देउवाले काठमाडौंकाे मेयरमा निर्वाचित भएकोमा बालेनलाई बधाईसमेत दिएका छन्।
‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ,’ देउवाले भने।