पोखरामा अन्तर्घातको बात लागेका ३ जना एमाले कार्यकर्ता पार्टीबाट निष्कासित भएका छन्।
स्थानीय तह निर्वाचन २०७९ मा रकम बार्गेनिङ गरेको अडियो क्लिप बाहिरिएपछि एमाले कास्कीले आफ्ना कार्यकर्ता निष्कासित गरेको हो।
एमालेका संगठित सदस्य पोखरा ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल, २१ का मनोज पहारी र ३३ का प्रशान्त आचार्यलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए।
चुनावमा फरक पार्टीबाट उठेका उम्मेदवारलाई सघाएर रकम बार्गेनिङ गर्ने आशयको अडियो क्लिपले कास्की एमालेमा हंगामा भएको थियो।
एमालेबाट महानगर प्रमुख पदका उम्मेद्वार कृष्ण थापा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यसँग पराजित भएका थिए। पार्टी भित्रकै अन्र्तघातका कारण पार्टीले चुनाव हारेको कास्की एमालेको निष्कर्ष छ।