बाजुराको बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी सुर्खेतमा

File photo
File photo

बाजुराको बडिमालिका मन्दिरमा दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन्।

राष्ट्रपति भण्डारीको बुधबार बाजुराको बडिमालिकामा दर्शन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले बताए। 

भण्डारीले बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने कार्यक्रम छ। उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्नेछिन्।

प्रकाशित मिति: : 2022-05-31 16:52:00

प्रतिकृया दिनुहोस्