तारा एयर दुर्घटना: सबैको शव भेटियो, बाँकी १२ शव काठमाडौं ल्याउने तयारी

मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव भेटिएको छ। 

दुर्घटनास्थलमा खटिएका एक उद्धारकर्ताका अनुसार विमानमा सवार २२ जनाकै शव भेटिएको हो। ती मध्ये १० जनाको शव साेमबार बेलुकी नै काठमाडाें ल्याइसकेको छ।

साेमबार रातिसम्म नभेटिएकाे बाँकी एउटा शव पनि मंगलबार एकाबिहानै भेटिएकाे उद्धारकर्ता नरेन्द्र शाहीले जनाएका छन्। जाेमसाेममा जम्मा गरिएका बाँकी १२ वटा शव पनि काठमाडौं ल्याउने तयारी भइरहेको नेपाली सेनाले जनाएकाे छ।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्युभएको छ । 

आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।

प्रकाशित मिति: : 2022-05-31 08:17:00

प्रतिकृया दिनुहोस्